spot_img
आइतबार, कार्तिक १८, २०८१
आइतबार, कार्तिक १८, २०८१
- Advertisement -spot_imgspot_img
बिशेष खबरयातायात व्यवसायीले दवाव दिएपछि सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

यातायात व्यवसायीले दवाव दिएपछि सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

१७ चैत , काठमाडौँ ।

सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढ्दै जाँदा यातायात व्यवसायीले दवाव दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत गरेको हो । हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा वृद्धि हुने भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

- Advertisement -

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने ’आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ, सूची सार्वजनिक भएपछि लागू हुन्छ ।’ स्थानीयस्तरमा चल्ने (लोकल) सवारीसाधनको भाडा भने नबढ्ने उनले स्पष्ट पारे ।
साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा सोअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ । असारयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको आधारमा हाल नयाँ भाडादर तय भएको विभागले जनाएको छ । घिमिरेका अनुसार विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहन्छ । यसअघि यातायात व्यवस्था विभागले नै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाउन मन्त्रालयमा सिफारिस गरेको थियो । सो सिफारिसलाई मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार