spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियरुस–युक्रेन युद्ध लम्बिँदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने...

रुस–युक्रेन युद्ध लम्बिँदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने आईएमएफको दाबी

 चैत १७, एजेन्सी ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।

आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्न भनेको, केही देशले पहिले नै व्यापारका लागि भुक्तान गर्ने मुद्रामा डलरको अनिवार्यता हटाउन छलफल गरिरहेको र युद्धकै कारण विभिन्न प्रकारका डिजिटल मुद्राको विकास लगायतका कारण अमेरिकी डलर कमजोर बन्न सक्ने सम्भावना रहेको प्रथम उपकार्यकारी निर्देशक गीता गोपिनाथले बताएको खबरमा उल्लेख छ ।

- Advertisement -

विश्वव्यापी व्यापारमा अन्य मुद्राको अधिक प्रयोगले केन्द्रीय बैंकहरूको मुद्रा सञ्चितिमा थप विविधिता ल्याउने गोपिनाथको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार