Home समाचार ताजा समाचार धनुषामा बसको ठक्करबाट ३५ वर्षीय लामिछानेको मृत्यु

धनुषामा बसको ठक्करबाट ३५ वर्षीय लामिछानेको मृत्यु

0

१७ चैत ,जनकपुरधाम ।

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका ३५ वर्षीय मनोज लामिछाने रहेको प्रहरीले जनाएको छ ।

बिहिवार लामिछानेलाई पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित खाद्य संस्थान नजिक मोटरसाइकललाई ठक्कर दिएका थिए ।

जनकपुरधामबाट लक्ष्मीनियाँ तर्फ जाँदै गरेको प्र–२–०३–००१ ख ०५३२ नम्बरको बसले बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।

ठक्कर दिने बसका चालक फरार रहेको र खोजी कार्य भइरहेको तथा यस घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version