spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
अपराधम्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सप्तरीबाट...

म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा सप्तरीबाट एक युवक पक्राउ

१७ चैत, सप्तरी ।
सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डल रहेका छन् ।
म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लिने गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
पक्राउ परेका उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार