spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियआयातका लागि विदेशी मुद्रा नभएकाले श्रीलङ्कामा दैनिक १० घण्टा...

आयातका लागि विदेशी मुद्रा नभएकाले श्रीलङ्कामा दैनिक १० घण्टा बिजुली कटौती

- Advertisment -spot_img

श्रीलङ्कामा आज बुधवारदेखि दैनिक १० घण्टा बिजुली कटौती हुने भएको छ । देशमा ऊर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी बिजली कटौती दैनिक रूपमा गर्नुपरेको अधिकारीहरूले बताएका एएफपीले जनाएकाे छ ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली देश श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने बिजुलीमध्ये ४० प्रतिशत बिजुली जलविद्युत् परियोजनामार्फत उत्पादन हुने गरेको छ । जलविद्युत् उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् ।

पर्याप्त वर्षा नभएकाले जलाशयमा पानी कम भएकाले बिजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाइ छ ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नुपर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत् प्रवाह पनि कटौती गर्नुपरेको अधिकारीहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार