spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
बिशेष खबरमधेस प्रदेशसभाको गणपूरक सङ्ख्या नपुगेपछि प्रदेशसभाको बैठक स्थगित

मधेस प्रदेशसभाको गणपूरक सङ्ख्या नपुगेपछि प्रदेशसभाको बैठक स्थगित

- Advertisment -spot_img

१६ चैत , जनकपुरधाम ।
मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक सङ्ख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
बैठकको सुरुमै प्रतिपक्षी दलका प्रदेशसभाका सदस्यले बैठकका लागि आवश्यक गणपूरक सङ्ख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए । बैठकको सुरुमै बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा सचेतक परमेश्वर साहले बैठकका लागि चाहिने आवश्यक गणपूरक सङ्ख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्नुपर्ने बताए ।
आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गर्ने, प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची थियो ।

यस्तै आजको बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार