spot_img
बिहिबार, चैत्र १३, २०८१
बिहिबार, चैत्र १३, २०८१
- Advertisement -spot_imgspot_img
खेलकुदवेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलिया महिला विश्वकपको फाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै अस्ट्रेलिया महिला विश्वकपको फाइनलमा

अस्ट्रेलिया महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । वेलिङटनमा खेलिएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई १५७ रनको विशाल अन्तरले पराजित गर्दै अस्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।

४५ ओभरमा छोट्याइएको खेलमा अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा ३०५ रनको योगफल तयार गरेको थियो । एलिसा हेलीले १ सय २९ रन बनाउँदै पहिलो विकेटका लागि रेचल हेन्ससँग २ सय १६ रनको साझेदारी गरिन् । हेन्सले ८५ रन बनाइन् ।

 जवाफमा वेस्ट इन्डिजले ३७ ओभरमा १४८ रन मात्र बनाउन सक्यो । अब अस्ट्रेलियाले इंग्ल्याण्ड वा दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल खेल्नेछ । दुई टोलीबीच बिहीबार खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार