Home समाचार अन्तर्राष्ट्रिय रुस–युक्रेन वार्तामा प्रगति, कच्चा तेलको भाउ घट्यो 

रुस–युक्रेन वार्तामा प्रगति, कच्चा तेलको भाउ घट्यो 

0

 चैत १५ , एजेन्सी – रुसको रक्षा मन्त्रालयले युक्रेनको राजधानी किएभ तथा चेर्निहिव क्षेत्रमा सैन्य गतिविधिलाई निकै कम गर्ने निर्णय गरेको छ ।

टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । फोमिनले रूस र युक्रेनबीच आपसी विश्वास बढाउने र थप वार्ताका लागि आवश्यक अवस्था सिर्जना गर्नका लागि सैन्य गतिविधि घटाउने निर्णय गरेको बताउनुभयो ।

आजको वार्तामा युक्रेनको तटस्थता र गैरआणविक स्थितिका साथै युक्रेनलाई सुरक्षाको प्रत्याभूति दिने विषयमा सम्झौताको तयारीमा प्रगति भएको उहाँले बताउनुभएको छ ।

यसैबीच रुस र युक्रेनबीचको वार्तामा स्पष्ट प्रगति देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पाँच प्रतिशतले घटेको छ । यस्तै अमेरिकी डलरको तुलनामा निकै कमजोर भएको रुसी मुद्रा रुबलको अवस्था १० प्रतिशतले सुध्रिएको छ ।

यस्तै वार्तामा प्रगति भएको खबरले युरोपको शेयर बजार पनि बढेको छ । फ्रान्सको शेयर बजार तीन प्रतिशत र बेलायतको शेयर बजार झन्डै डेढ प्रतिशतले बढेको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version