१५ चैत , जनकपुरधाम ।
सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परेर दुई युवकको मृत्यु भएको छ ।
सोमबार साँझ कविलासी नगरपालिका १० सलेमपुरमा प्रदेश–२–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक मलंगवा नगरपालिका ३ का २७ वर्षीय तौखिन मिकरानी र मोटरसाइकलको पछाडि बसेका मलंगवाकै २६ वर्षीय मकवुल लहेरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मिकरानीको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो ।
लहेरीलाई थप उपचारका वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।