spot_img
आइतबार, बैशाख २, २०८१
आइतबार, बैशाख २, २०८१
- Advertisement -spot_imgspot_img
समाचारवीरगञ्जमा एक युवकको शव भेटियो

वीरगञ्जमा एक युवकको शव भेटियो

१५ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव फेला परेको छ ।

वीरगञ्ज–१६ ईनर्वा स्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

- Advertisement -

साह ४ चैत अर्थात होलीको दिनदेखि हराएको भए पनि उनका बाबुले मंगलबार दिउँसो २ बजेतिर मात्रै जानकारी गराएका प्रहरीको भनाइ छ । साथीहरुसँग होली खेल्न गएको छोरा नफर्किएको भन्दै उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो । कसैले हत्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।
‘सडे गलेको किरा परेको अवस्थामा शव भेटिएको छ, शव बोरामा हालेर पुरिएको छ’ प्रहरी नायब उपरीक्षक खनालले भने ‘४÷५ दिनअघि नै हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार