Home आर्थिक विजनेश सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो ,९९ हजार २ सय रुपैयाँमा...

सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो ,९९ हजार २ सय रुपैयाँमा कारोबार

0

१५  चैत , जनकपुरधाम । 

सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा  एक लाख ९ सय रुपैयाँ थियो ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version