spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारराजनितिनेकपा (एमाले) अध्यक्ष ओली द्वारा बुटवलको बहुउद्देश्यीय टावरको उद्घाटन

नेकपा (एमाले) अध्यक्ष ओली द्वारा बुटवलको बहुउद्देश्यीय टावरको उद्घाटन

१५ चैत्र , रुपन्देही ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।

सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइएको छ ।

- Advertisement -

टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनुपर्ने बताए । उनको दावी थियो, ’भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।’ उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताए । उनले भने, ’यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।’
यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइ राख्नुपर्ने उनको भनाइ छ ।

’अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् ।

- Advertisement -

विकासलाई जसरी तपाईंहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो ।’ ओलीले भने ।

करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।

तिलोत्तमा नगरपािलकाका प्रमुख बासुदेव घिमिरेले अन्यत्रको भ्यूटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने दावी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार