spot_img
बिहिबार, साउन १०, २०८१
बिहिबार, साउन १०, २०८१
- Advertisement -spot_imgspot_img
समाचारइटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते , दुई...

इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते , दुई वटा भूमिगत संगठनको पर्चा फेला

१५ चैत्र , सुनसरी ।
सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–२ मा बम विष्फोट भएको छ । वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा डेरामा बस्ने रविन थापाको घरमा विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले बताए ।

बम विष्फोटमा परेर डेरावाला २२ वर्षीय रविन थापा र उनका साथी लमजुङ घर भएका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । रविनको विराटनगर स्थित आँखा अस्पताल र शेरजंगको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।

- Advertisement -

विष्फोट भएको ठाउँमा ‘कफन अवधारणा’ र हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार