spot_img
शुक्रबार, फाल्गुन १८, २०८०
शुक्रबार, फाल्गुन १८, २०८०
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको सवैलामा मोटरसाइकल दुर्घटनामा परी चारजना बालकको मृत्यु ,...

धनुषाको सवैलामा मोटरसाइकल दुर्घटनामा परी चारजना बालकको मृत्यु , एक जना घाइते

१४ चैत्त , जनकपुरधाम ।
धनुषाको सबैलामा सवारी दुर्घटनामा परि चारजना बालकहरुको मृत्यु भएका छन् । सोमबार राति करिब ८ बजेको समयमा ज६प ६७३९ नम्बरको मोटरसाइकल सवैलाको वडा नं. १२ रघुनाथपुरको नहरचौक देखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।आफैं अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमा ५ जना घाइते भएका थिए ।

मृत्यु हुनेमा सबैला वडा २ का चारजना बालकहरु रहेका छन् । वर्ष १२ को लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ को सुमित यादव र वर्ष १२ को बिकाश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रबक्ता जितेन्द्र कुमार बस्नेतले जनाए । साथै दुर्घटनामा परि सोहि वडाका वर्ष १९ को सुरेन्द्र यादव गम्भिर घाइते भएका छन् । एउटै मोटर साईकलमा ५ जना सवार थिए ।

प्रादेशिक अस्पताल जनकपुर पुग्दा चारैजनाको मृत घोषणा गरिएको छ भने घाइतेको उपचार भइरहेको छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार