spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
समाचारमधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको...

मधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित

messenger sharing button

१४ चैत , जनकपुरधाम ।sharethis sharing buttonमधेश प्रदेश सभामा ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको १३ औँ बैठकले उक्त विधेयक सर्वसम्मतबाट पारित गरेको हो ।  यसअघि प्रदेश सरकारका अर्थमन्त्री विजयकुमार यादवले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

नेपालको संविधानको धारा १९७ बमोजिम उक्त ऐन बनाइएको जनाइएको छ ।  प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि मधेस प्रदेशमा पारित हुने विधेयकको संख्या ४४ पुगेको छ । प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले रूलिङ गरेपछि बैठकमा मन्त्रीहरुले सदनमा उठेको प्रश्नको जवाफ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार