spot_img
बिहिबार, चैत्र १३, २०८१
बिहिबार, चैत्र १३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारबालिका अपहरणमा संलगन तीनजना युवकलाई धनुषा प्रहरीद्वारा सार्वजनिक

बालिका अपहरणमा संलगन तीनजना युवकलाई धनुषा प्रहरीद्वारा सार्वजनिक

१३ चैत , जनकपुरधाम ।
धनुषा प्रहरीले जनकपुरबाट बालिकालाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग्ने आरोपमा तीनजना युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषाको धानुषाधम नगरपालिका ३ सिजियाही बस्ने वर्ष २१ का अरविन्द मुखिया, जनकपुरधाम उपमहानगरपालिका १ बस्ने वर्ष २१ का रविकुमार दास र कमला नगरपालिका ८ सोनापारा घर भई हाल जनकपुर उपमहानगरपालिका १६ पुल्चोक डेरा गरी बस्ने वर्ष २० का अभिषेकचन्द्र दास छन् ।

- Advertisement -

तीनैजनालाई धनुषा प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

- Advertisement -

उनीहरुमाथि धनुषाको कमला नगरपालिका २ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा १६ बस्ने धुव्रकुमार मण्डलकी ४ वर्षीया छोरीको अपहरण गरेको आरोप छ । बिहीबार साँझ साढे ७ बजे अपहरित बालिकालाई शुक्रबार साँझ प्रहरीले उद्धार गरेको थियो ।

खोजविनको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी परिवाजनलायृ जिम्मा लगाएको थियो ।

सोही दिन प्रहरीले अपहरणमा संलग्न भएको आरोपमा अभिषेक दाससहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा नियन्त्रणमा लिएका ७ जना मध्ये ४ जना हालको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाले छाडिएको प्रहरीले जनाएको छ ।

३ जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए ।

- Advertisement -

प्रहरीका अनुसार अभिषेक जनकपुरमै बालिकाको परिवार डेरा लिएर बस्ने पुलचोक स्थित घरमै डेरा गरी बस्दै आएका छन् ।

अभिषेककै योजनामा विद्यालयबाट फर्केपछि बालिकाको अपहरण भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अपहरण पश्चात उनीहरुले परिवारसँग १५ लाख रुपैयाँ फिरौती मागेका थिए । १५ लाख रुपैयाँ नदिए मारेर फालिदिने उनीहरुले परिवारजनलाई चेतावनी समेत दिएका थिए ।

अपहरण गरेको भोलि पल्ट बिहानै परिवारजनलाई फोन गरेर उनीहरुले चेतावनी दिँदै भनेका थिए ,’हामी तिम्रो छोरी अपहरण गरी लिएर आएका छौ । सकुशल चाहिने भए रु.१५ लाख छिटो वुझाउ, नत्र तिम्रो छोरीलाई मारेर फाल्दिन्छौ’

उनीहरुले मोबाइल नम्बर परिवर्तन गरी गरी पटक पटक परिवारजनलाई धम्की दिएको खुलेको डिएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार प्राविधिक विश्लेषणको आधारमा शंका लागि अभिषेकचन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालिका उनीहरुले नै अपहरण गरेको तथ्य पता लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय जनकपुर, संघीय प्रहरी ईकाई कार्यालय जनकपुर समेतको सहकार्यमा प्रहरी अपहणकारी समक्ष पुगेको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दाँ खेत तर्फ दौडदै भाग्न थालेका थिए । प्रहरीले पक्राउ गर्न पछाडिबाट लखेट्दै पाँच राण्ड हवाई फायर गरेपछि नियन्त्रणमा लिन सफल भएको थियो । त्यसपछि उनीहरुको बयानको आधारण्मा अपहरित बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नं. ८ स्थित बफैबाट शुक्रबार साँझ ६ बजे सकुशल उद्धार गरेको थियो ।

पूर्व योजना अनुसार नै उनीहरुले बालिकाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार