spot_img
बिहिबार, फाल्गुन १७, २०८०
बिहिबार, फाल्गुन १७, २०८०
- Advertisement -spot_imgspot_img
समाचारसर्लाही बस दुर्घटना ः चारजनाको मृत्युभएकामध्ये दुईको सनाखत

सर्लाही बस दुर्घटना ः चारजनाको मृत्युभएकामध्ये दुईको सनाखत

१३ चैत , जनकपुरधाम ।

वीरगञ्जबाट जनकपुरधाम आउँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ भने दुईजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतवार विहान करिब साढे ११ बजेको समयमा सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्व पश्चिम लोकमार्गको फुलजोर पुलबाट ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर खस्दा चारजनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परेर भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २४ वर्षीय सुनिल यादव, सिन्धुलीको तिनपट्टा गाउँपालिका २ बस्ने ३० वर्षीया शर्मिला कार्की क्षेष्ठको मृत्यु भएको हो । त्यस्तै एक पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन् ।
दुर्घटना पश्चात सबैलाई उपचारको लागि अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परेर ३२ जना घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार