Home समाचार आर्थिक नेप्से ४१ अङ्कले घट्यो, झन्डै ५ पाँच अर्ब रुपैयाँको कारोबार

नेप्से ४१ अङ्कले घट्यो, झन्डै ५ पाँच अर्ब रुपैयाँको कारोबार

0

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ४१ दशमलव ४३ अङ्कले घटेर दुई हजार पाँच सय ७२ दशमलव २३ विन्दुमा झरेको छ ।

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । पछिल्ला केही हप्ता औसतमा दैनिक तीन अर्ब रुपैयाँको कारोबार भइरहेकोमा आज दुई सय ३२ वटा कम्पनीका ८९ लाख २३ हजार कित्ता शेयर चार अर्ब ९८ करोड ९५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २७ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मल्टिपर्पोज फाइनान्सको शेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि जीवन विकास र राष्ट्र उत्थान लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version