spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
समाचारधनुषाको तिनकौरियामा स्थानीय र प्रहरीबीच झडप,अवस्था तनावग्रस्त

धनुषाको तिनकौरियामा स्थानीय र प्रहरीबीच झडप,अवस्था तनावग्रस्त

१३ चैत , जनकपुरधाम ।

धनुषाको विदेह नगरपालिका स्थित तिनकौरीया चोकमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको शान्ता पानमा आगजनीको विषयमा स्थानीयले बिहानैदेखि सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् ।
सोही सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

- Advertisement -

स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको हो । आठ सेल अश्रुग्यास प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
आगलागीले किरानाको समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ ।
५० मिटर नजिकै रहेको तीनकौरिय प्रहरीचोकीले राति गस्ती नगर्दा अज्ञात समूअले आगजानी गरेको स्थानीयको आरोप छ ।अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार