spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारप्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्री वाङबीच करिब १ घण्टा कुराकानी भएको थियो ।
भेटका क्रममा विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए । भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

- Advertisement -

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो पछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो । भेटमा नेपाल र चीन बीच विभिन्न नौ वटा समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार