चैत्र १२, सिरहा ।
सिरहाबाट एक व्यक्ति ११ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिरहाद्धारा ११ लाख अवैध रकम सहित एक व्यक्तिलाई पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नं.७ गण हे.क्वा. सिरहाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा सिरहाको मटिअर्वाबाट भगवानपुर गाउँपालिका वडा नं.४ जमुवाटोल निवासी दिलिप कुमार साहलाई रु.११ लाख २ हजार ९ सय ५० सहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीको टोलीले साहलाई भगवानपुर सीमा ईलाकाबाट पछ्याउँदै मटिअर्वा स्थित चेकजाँच गर्दा अवैध रकम फेला परेका थिए ।
अवैध रकम सहित पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ ।