spot_img
आइतबार, कार्तिक १८, २०८१
आइतबार, कार्तिक १८, २०८१
- Advertisement -spot_imgspot_img
समाचारपरराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सिंहदरबारमा भेटवार्ता

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच सिंहदरबारमा भेटवार्ता

१२ चैत्र, काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच औपचारिक वार्ता सुरु भएको छ । २० जना चिनियाँ प्रतिनिधिमण्डलसँग सिंहदरबारमा शनिबार अपराह्न वार्ता सुरु भएको हो ।
सिंहदरबारमा भएको दुईपक्षीय वार्तावारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ दिउँसो नै परराष्ट्रमन्त्री खड्कासँग वार्ताका लागि सिंहदरबार पुगेका हुन्।

- Advertisement -

चिनियाँ नेता वाङ यसपछि शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार जाने छन् । वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् ।

तीनदिने भ्रमणमा रहेका नेता वाङले एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता पुष्कमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यतालिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार