spot_img
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०
- Advertisement -spot_imgspot_img
समाचारराजनितिसबै पार्टीले गठबन्धन गरेपनि एमालेले चुनाव जित्छ , एमालेले...

सबै पार्टीले गठबन्धन गरेपनि एमालेले चुनाव जित्छ , एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको ः अध्यक्ष ओली

- Advertisment -spot_img

१२ चैत , काठमाडौं ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।

उनले अन्य पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको समेत बताए । उनले सबै पार्टीहरू एकातिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा (एमाले) को साथमा रहेको दाबी गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे ।
उनले भने–‘त्यसकारण योसँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गर्या छैनन् चुनावमा । अरु त त्यस्तै हो नेपाली काँग्रेस सभापतिहरूको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरूले भने यसो गर्नु हुँदैन । शेरबहादुर देउवाजीले काँग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो । नेपाली काँग्रेसको केन्द्रमा टुप्पामा बसेर हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँ छक्क पर्नुभयो । तल तलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरि देख्याछु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरू छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ ।’

ओलीले सबैलाई तयारीमा लाग्न समेत आग्रह गरे । उनले भने, ‘हाम्रा सबै कमरेडहरुले तयारी गर्नुपर्छ आ–आफ्नो ठाउँबाट । कलम चलाउन जान्नेहरू कलम लिएर उठ,बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ ।’

 ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार