spot_img
आइतबार, कार्तिक १८, २०८१
आइतबार, कार्तिक १८, २०८१
- Advertisement -spot_imgspot_img
अन्यकृषितातोपानी नाकाबाट भित्रियो ५३९ टन युरिया मल

तातोपानी नाकाबाट भित्रियो ५३९ टन युरिया मल

चैत्र १२, सिन्धुपाल्चोक ।
तातोपानी नाकाबाट शुक्रबारसम्म ५३९ टन युरिया मल भित्रिएको छ । अहिलेसम्म १५ सयमध्ये ५ सय ३९ टन मल सीमा क्षेत्रमा भित्रिएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । बुधबारयता १९ कन्टेनर आइपुगेकामा धेरैमा युरिया मल आइरहेको र केहीमा कुखुराको दाना र स्याउ रहेको उनले बताए ।
‘बाँकी कन्टेनर मल पनि चीनबाट नेपालका लागि छुटिसकेका छन्, भन्सार प्रक्रिया पूरा गर्नुपरे पनि कृषिजन्य सामग्री आयातमा भन्सार महसुल पूर्ण छुट दिइएको छ,’ गौतमले भने । भन्सार प्रक्रियाबीच युरिया मलको नमुना परीक्षणका लागि भन्सार विभाग पठाइएको र ल्याबको रिपोर्ट आएपछि काठमाडौंका लागि छुट्ने उनले उल्लेख गरे । यसअघि चीनबाट रासायनिक मल आयात गर्न टेन्डर पाएको सिल्क मार्केट कम्पनीले युरिया भित्र्याएको हो ।
६ महिनाअघि सिल्कले पहिलो चरणमा केही कन्टेनर मल भित्र्याएको थियो । केही समय चिनियाँ पक्षले कृषिजन्य सामग्री आयातमा रोक लगाएपछि अहिले प्रतिदिन आठ कन्टेनरबाट बाँकी भित्र्याइँदै छ । यसअघि सिल्क मार्केटले चीनको छिन्हाई सहरस्थित उत्पादकसँग मल खरिद गरेकामा ग्लोबल टेन्डरमा प्रतिटन मल ६ सय ६१ अमेरिकी डलरमा आयात गर्ने सम्झौता गरेको थियो ।
सिल्कले उताबाट व्यावसायिक रूपमा किनेको कृषि सामग्री मल संस्थानलाई टेन्डरअनुरूप बुझाउनेछ ।
ग्लोबल टेन्डरपछि नेपाल सरकारले सिल्क मार्केटलाई चीनबाट १० हजार टन रासायनिक मल आयात गर्ने ठेक्का दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार