Home समाचार प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप

प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप

0

१२ चैत , जनकपुरधाम ।
जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो ।

उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । घाइते भएका साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको हो ।
प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताहरूले आक्रमण गरेको जसपाको आरोप छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही माग गरेका छन् । ’उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’
पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि सुनियोजित ढंगले आक्रमण भएको र त्यसमा एमाले दर्जनौं कार्यकर्ता संलग्न रहेको जसपाको आरोप छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version