spot_img
सोमबार, अशोज १५, २०८०
सोमबार, अशोज १५, २०८०
- Advertisement -spot_imgspot_img
समाचार३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दैचैत मसान्तभित्र हतियार...

३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दैचैत मसान्तभित्र हतियार बुझाउन जिप्रका सप्तरीको आग्रह

- Advertisment -spot_img

जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीयलाई हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार सूचना जारी गर्दै आउँदो ३० बैशाख गते हुने चुनावलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन भनिएको छ । आगामी हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष ,भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो ।

सूचनामा निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार