गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो ।
नयाँ प्रावधानसहित विधानका केही धारा पनि निष्क्रिय भएका छन् । ११ औँ महाधिवेशनमा भने यो नयाँ व्यवस्था स्वतः निष्क्रिय बन्नेछ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।