spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रियउत्तर प्रदेशमा योगी आदित्यनाथको सरकारमा ५२ सदस्यीय मन्त्रिपरिषद्...

उत्तर प्रदेशमा योगी आदित्यनाथको सरकारमा ५२ सदस्यीय मन्त्रिपरिषद् गठन

१२ चैत, काठमाडौं । भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेश प्रमुख आनन्दीबेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् ।

योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो मन्त्रिपरिषदमा २ उपमुख्यमन्त्री र १६ जना मन्त्री छन् । केशव प्रसाद मौर्य र ब्रजेश पाठक उपमुख्यमन्त्री छन् । मौर्यले यसपटकको विधानसभा निर्वाचन जितेका थिएनन् । हारका बाबजुद पनि उनलाई उपमुख्यमन्त्री बनाइएको छ । उनी अघिल्लो सरकारमा पनि उपमुख्यमन्त्री थिए ।

योगी आदित्यनाथको मन्त्रिपरिषदमा ओबीसी समाजलाई विशेष ध्यानमा राख्दै दलित, ब्राह्मण, राजपुत, बनिया, भूमिहार, कायस्थ, शिख र मुस्लिम समुदायका नेताहरुलाई पनि स्थान दिइएको छ । लखनउका बरिष्ठ पत्रकार हेमन्त तिवारीका अनुसार मन्त्रिपरिषदमा करिब २० जना ओबीसी, ९ दलित, ७ ब्राह्मण, ६ राजपुत, ४ वैश्य, २ भूमिहार समुदायका छन् । यसैगरी कायस्थ, शिख र मुस्लिम समुदायका एक-एक जना समेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार