१२ चैत , जनकपुरधाम ।
सर्लाहीमा दुई समूहबीच झडप हुँदा संघीय सांसद प्रमोद साह घाइते भएका छन् ।
क्लवको भवन बनाउने विषयमा झडप हुँदा सांसद साह र उनका अंगरक्षक घाइते भएको प्रहरीले जनाएका छन् ।
शनिवार विहान जिल्लाको इश्वरपुर नगरपालिका वडा नं. ६ बयलवासमा फुलझरी युवा क्लव बनाउने नबनाउने विषयमा झडप हुँदा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए ।
उनले सांसद साहको टाउकोमा करिब २०–२५ वटा टाँका लागेको बताए ।
घाइते भएका सांसद र अंगरक्षकको अमित हेल्थकेयरमा उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको उनले बताए ।
घाइते सांसद साहलाई हेलिकप्टरबाट काठमाण्डौं लगियो
सर्लाहीको बयलवासमा शनिबार बिहान भएको झडपमा परेर घाइते भएका जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवं सांसद प्रमोद साहलाई थप उपचारका लागि मध्यान्ह सिम्रिक एयरको हेलिकप्टरबाट काठमाण्डौं लगिएको छ ।
वयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गा र भवन निर्माणको विषयमा केही दिन यता स्थानीय युवाहरूबीच विवाद बढ्दै गएको थियो ।
विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह बिहान घटनास्थल पुगे लगत्तै झडप भएको थियो ।