spot_img
सोमबार, अशोज १५, २०८०
सोमबार, अशोज १५, २०८०
- Advertisement -spot_imgspot_img
समाचारबारामा महिलामाथि एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

बारामा महिलामाथि एसिड प्रहार गरेको आरोपमा दुई जना पक्राउ

- Advertisment -spot_img

१२ चैत , जनकपुरधाम ।

बारामा एक महिलालाई एसिड प्रहार गरेको आरोपमा महिलाकी जेठाजु र ससुरा पक्राउ परेका छन् ।

पर्साको वीरगंज महानगरापालिका १३ बस्ने उमेश साहकी श्रीमती २८ वर्षीया सीता पटेलमाथि शुक्रबार राति एसिड प्रहार भएको छ ।
पटेलमाथि बाराको कलैयास्थित माइतीघर आउने क्रममा मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका हुन् ।
एसिड प्रहार भएको सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी टोली खटी गई घाइते पटेललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएकोमा थप उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा लगेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
पटेलले उक्त घटनामा जेठाजु वीरगंजको श्रीपुरका ३२ वर्षीय रामबाबु साह र ससुरा ५० वर्षीय हवारी साह संलग्न रहेको बयान दिएकी छन् ।
दुवैलाई वीरगंजबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार