spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारमहोत्तरीमा मोटरसाइकल दुर्घटनामा परेर जनकपुरका ४५ वर्षीय महासेठको ज्यान...

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परेर जनकपुरका ४५ वर्षीय महासेठको ज्यान गयो

चैत १२ , जनकपुरधाम

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परेर जनकपुरधामका एक पुरुषको मृत्यु भएको छ ।
शुक्रवार राति करिब १० बजे महोत्तरीको पिपरा गाउँपालिका–५ चाँदनी चौक नजिक मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जनकपुरधामबाट जलेश्वर तर्फ जाँदै गरेको प्र २–०२–००३ प ७८७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर लड्दा मोटरसाइकल सवार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्थाका करिब ४५ वर्षीय उपेन्द्र महासेठको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

- Advertisement -

मोटरसाइकलबाट लडेर घाइते भएका महासेठलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएकोमा उपचारको क्रममा राति करिब ११ बजे मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार