spot_img
बुधबार, जेष्ठ १६, २०८१
बुधबार, जेष्ठ १६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारधनुषामा बालिका अपहरण गरी ’१५ लाख माग्ने’ पाँचजना पक्राउ

धनुषामा बालिका अपहरण गरी ’१५ लाख माग्ने’ पाँचजना पक्राउ

चैत ११ ,जनकपुरधाम ।
धनुषामा बालिका अपहरण गरी फिरौती रकम मागेको आरोपमा पाँचजना पक्राउ परेका छन् । शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी घटनामा संलग्नको आरोपमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

- Advertisement -

बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अपहरणमा परेकी थिइन् ।

उनको अपहरण आरोपमा कमला नगरपालिका ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दासलेसहित पाँच जना पक्राउ परेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनकाअनुसार बालिकाको बुवा जनकपुर पुलचोकस्थित डेरा गरी पूरा परिवार सँगै बस्दै आएका छन् । सोही घरमा भाडा लिएर बस्दै गरेका अभिषेक दासले बालिका विद्यालयबाट आएपछि अपहरण गरी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले बालिकाको परिवारसँग १५ लाख मागेको प्रहरीले जनाएको छ ।
्बालिकाको मेडिकल जाँचपछि आजै परिवारलाई जिम्मा लगाउने प्रहरीको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार