spot_img
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
- Advertisement -spot_imgspot_img
बिशेष खबरलोसपा द्वारा तराई मधेशमा प्रशिक्षण कार्यक्रमलाई तिव्रता

लोसपा द्वारा तराई मधेशमा प्रशिक्षण कार्यक्रमलाई तिव्रता

- Advertisment -spot_img

११ चैत , जनकपुर ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय चुनावलाई केन्द्रीत गरि पार्टीका कार्यक्रमलाई तिब्रता दिएको छ । उक्त पार्टीले तराई मधेशमा प्रशिक्षण कार्यक्रमहरुलाई तिव्रता दिएको हो । मधेश प्रदेशमा जनकपुर र वीरगञ्जमा प्रशिक्षण कार्यक्रम सकेको छ भने लुम्बिनी प्रदेशमा दुईटा प्रशिक्षण राखेको छ ।
चैत ८ गते जनकपुरमा राखिएको प्रशिक्षणमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो भने चैत १० गते वीरगञ्जमा भएको प्रशिक्षण कार्यक्रममा सर्लाही, बारा, रौतहट र पर्सा जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

चैत १२ गते नेपालगञ्ज र चैत १४ गते भैरहवामा प्रशिक्षण कार्यक्रम राखिएको छ । चारवटै प्रशिक्षणका कार्यक्रम सकिएपछि कार्यकारिणी समितिको बैठक बसेर थप कार्यक्रम तय हुने मधेश प्रदेशका प्रदेशसभा सदस्य एवं कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । उनले भने, ‘यो अहिलेको प्रशिक्षण चुनाव केन्द्रीत हो, चुनावमा उम्मेदवार कसरी छान्ने, पार्टीको पक्षमा मत कसरी बढाउने, संगठन कसरी बनाउने जस्ता विषयमा पार्टीका अगुवा कार्यकर्ताहरूसँग छलफल गरिएको हो ।’

यो प्रशिक्षणले पार्टीको संगठन निर्माणदेखि लिएर चुनावी रणनीति बनाउन मद्दत पुग्ने विश्वास लिएको नेता सोनलले बताए । उनले चुनावी गठबन्धनको बारेमा भने कार्यकारिणी समितिको बैठकले तय गर्ने बताए । अन्य दलहरु चुनावी गठबन्धन बनाएर निर्वाचनमा जाने भएपछि लोसपाले पनि कुनै न कुनै दलसँग गठबन्धन बनाउने प्रयास गर्ने बताउँदै नेता सोनलले कुन दलसँग गठबन्धन गर्ने नगर्ने भन्ने विषय अहिले नै तय नभएको बताए ।

प्रशिक्षक जय निशान्तले पार्टीका नेता तथा कार्यकर्तालाई सैद्धान्तिक, व्यवहारिक कुराको जानकारी दिने गरेको बताए । प्रशिक्षणमा पार्टीका अगुवा कार्यकर्ता हुने भएकाले सैद्धान्तिक पक्ष र व्यवहारिक पक्षको बारेमा जानकारी गराउने गरिएको उनले बताए । साथै विपक्षी दलको भूमिका र त्यसको उपस्थितिको बारेमा समेत जानकारी गराउने गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार