spot_img
सोमबार, अशोज १५, २०८०
सोमबार, अशोज १५, २०८०
- Advertisement -spot_imgspot_img
समाचारअन्तर्राष्ट्रिययुक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भयाे :...

युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भयाे : विश्व व्यापार सङ्गठन

- Advertisment -spot_img

एजेन्सी-विश्व व्यापार सङ्गठनका महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेन सङ्कटका कारण विश्वभर खाद्यवस्तुकाे मूल्य वृद्धि भएको दाबी गर्नुभएको छ । युद्ध सुरु भएपछि निरन्तर बढिरहेको मूल्यका कारण गरिब देशहरूमा खाद्य सङ्कटसमेत हुने सम्भावना रहेको उहाँले बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

गरिब देशहरूमा खाद्यवस्तुकाे नियमित आपूर्तिलाई लिएर चिन्ता गर्नुपर्ने बेला भएको भन्दै उहाँले खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षतिसमेत हुन सक्ने भएकोले सबै सजग हुनुपर्ने बताउनुभयो । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै ऊर्जा सङ्कट पनि मुख्य समस्याका रूपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने उहाँको भनाइ छ ।

गार्जियनसँगको अन्तर्वार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यसतर्फ विश्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार