चैत ११, जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव सेवा आश्रम बिरगंज भवनको शिलान्यास गरेको छ ।
बिरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा १८ कठ्ठा जग्गामा सुविधा सम्पन्न भवन निर्माणका लागि मुख्यमन्त्री राउतले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले भवन निर्माणका लागि प्रदेश सरकारले ३० लाख रकम छुट्याइएको भए पनि जग्गा आभावमा उक्त रकम फ्रीज भएको बताउँदै आगामी आर्थिक वर्षमा यथोचित बजेट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।
मानव सेवा सबै भन्दा उत्तम सेवा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, यस कार्यमा संलग्न सम्पुर्ण टिमलाई सैलुट गर्न चाहन्छु ।
भवन निर्माण मात्र नभई संचालनको गुरु योजना सहितको प्रस्ताव प्रदेश सरकारलाई उपलब्ध गराउन उनले आग्रह समेत गरे ।
१८ करोड लागतमा निर्माण हुन लागेको उक्त भवन तीन बर्ष भित्र पूरा गरिने लक्ष्य राखिएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताएका थिए ।
आश्रमका केन्द्रिय अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद प्रदिप यादव, महानगर प्रमुख विजय सराबगी सहितको सहभागिता रहेका थिए ।