spot_img
बुधबार, चैत्र १२, २०८१
बुधबार, चैत्र १२, २०८१
- Advertisement -spot_imgspot_img
समाचारशहीद परिवारलाई मधेश सरकारबाट एक–एक लाख नगदसहित सम्मान

शहीद परिवारलाई मधेश सरकारबाट एक–एक लाख नगदसहित सम्मान

चैत १० , जनकपुरधाम ।
मधेस आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मधेश सरकारले नगदसहित सम्मान गरेको छ ।
बिहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेस आन्दोलनका १२ जना शहीद परिवारलाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।

मन्त्री साहले पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गरेका परिवारलाई तीन–तीन लाख रुपियाँ आर्थिक सहयोग गर्ने मधेश सरकारको निर्णयअनुसार पहिलो चरणमा एक–एक लाख रुपियाँ प्रदान गरिएको बताए ।

बाँकी रकम दोस्रो चरणमा प्रदान गरिने उनले जानकारी दिए ।
मधेस आन्दोलन, जनयुद्ध र अरु अधिकार प्राप्तिको आन्दोलनमा गरी यस प्रदेशमा ५४२ जनाले शहादत प्राप्त गरेको बताउँदै मन्त्री साहले क्रमिकरुपमा सबैलाई आर्थिक सहयोग प्रदान गरिने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार