Home समाचार ताजा समाचार नेकपा (एमाले) को ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन,...

नेकपा (एमाले) को ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन, संयोजकमा वरिष्ठ उपाध्यक्ष पोखरेल

0

नेकपा (एमाले) ले ११ सदस्यीय स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति गठन गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको नेता शेरबहादुर तामाङले जानकारी दिए ।

पोखरेल नेतृत्वको घोषणापत्र तयारी समितिमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग थापा, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली रहेका छन् ।

त्यस्तै बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीकाे राजनीतिक प्रतिवेदनसहित कार्यसूचीमा रहेका सबै विषय पारित गर्नुका साथै चैत मसान्तभित्र ६ मापदण्डअनुसार स्थानीय तहका उम्मेदवार सिफारिस गर्नसमेत निर्देशन दिएको छ ।

स्थानीय तहमा तालमेल गर्ने अधिकार स्थानीय तहहरूलाई नै दिने तर केन्द्रबाट तालमेल भने नगर्ने निर्णयसमेत बैठकले गरेको छ । स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।

तामाङका अनुसार स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ वैशाख ९ गते पार्टीले केन्द्रीय तहबाट जारी गर्ने र स्थानीयस्तरमा पनि आ–आफ्नो आवश्यकताअनुसार प्रतिबद्धतापत्र जारी गरिने बताए । अध्यक्ष केपी शर्मा ओलीले चैत १६ गते ७५३ वटै पालिकाका पार्टी प्रतिनिधिसँग भर्चुअल सम्वाद गर्ने जानकारी पनि उनले दिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version