spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
मनोरन्जनताजा समाचारस्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा...

स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी

काठमाण्डाै – अहिले देशका धेरै ठाउँको मौसम बदली भएर केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ ।

स्थानीय वायुको प्रभावका कारण वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशमा हावाहुरीसहित पानी परिरहेको मौसमविद् विष्णु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक, दुई घण्टापछि मौसम फेरि सफा हुनेछ ।

- Advertisement -

प्रि–मनसुनको समयमा दिनभर घाम लागे पनि बेलुकातिर हावाहुरीसहित पानी पर्ने गर्छ । भोलि शुक्रवार पनि बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । अहिले आएको हावाहुरी र वर्षा भारतमा उत्पति भएको समुद्री आँधीको प्रभाव भने नभएको माैसमविद् घिमिरेकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार