spot_img
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
- Advertisement -spot_imgspot_img
मनोरन्जनबलिउडकाठमाडौंमा आयोजना हुने कार्यक्रमको लागि बलिउड अभिनेता सलमानले ४...

काठमाडौंमा आयोजना हुने कार्यक्रमको लागि बलिउड अभिनेता सलमानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने

काठमाडौं । काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् ।

जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।

- Advertisement -
ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् ।

सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार