spot_img
शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
- Advertisement -spot_imgspot_img
खेलकुदअष्ट्रेलियन ब्याटर स्मिथ टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ८...

अष्ट्रेलियन ब्याटर स्मिथ टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ८ हजार रन बनाउने खेलाडी

१० चैत, काठमाडौं । अष्ट्रेलियन ब्याटर स्टिभ स्मिथ टेष्ट क्रिकेटमा सर्वाधिक छिटो ८ हजार रन बनाउने खेलाडी बनेका छन् । टेष्ट क्रिकेटको इतिहासमा नयाँ रेकर्ड बनाएका स्मिथले १५१ इनिङ्स खेल्दै ८ हजार रन जोडेका हुन् ।

पाकिस्तानको लाहोरमा भइरहेको पाकिस्तानविरुद्धको तेस्रो टेष्टको दोस्रो इनिङ्समा उनले आफ्नो ८ हजार रन पूरा गरेका हुन् ।

- Advertisement -
यसअघि श्रीलंकन ब्याटर कुमार सांगाकाराले १५२ औं इनिङ्समा ८ हजार रन पूरा गरेका थिए । छिटो ८ हजार रन बनाउने खेलाडीको सुचीमा भारतीय क्रिकेटर सचिन तेन्दुल्कर तेस्रो स्थानमा रहेका छन् ।

सचिनले १५४ औं इनिङ्समा ८ हजार रन पूरा गरेका थिए । चौथो स्थानमा रहेका वेस्ट इन्डिजका गार्फिल्ड सोबरले ८ हजार रनका लागि १५७ औं इनिङ्स खेलेका थिए । पाँचौंमा रहेका भारतीय राहुल दव्रिडले १५८ औं इनिङ्समा ८ हजार रन जोडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार