spot_img
बुधबार, चैत्र १२, २०८१
बुधबार, चैत्र १२, २०८१
- Advertisement -spot_imgspot_img
समाचारसर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

जनकपुरधाम, चैत ९ गते ।

सर्लाहीमा मन्दिर बनाउने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । त्यस्तै एकजना घाइते भएका छन् ।

- Advertisement -

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ सतभैयाका धन बहादुर दर्लामीको मन्दिर बनाउने क्रममा सोही स्थानका ४५ वर्षीय कुल बहादुर पुलामि मगरको मृत्यु भएको हो ।

त्यस्तै करेन्ट लागेर ४२ वर्षीय गणेश बहादुर दर्लामी घाइते भएका छन् ।

- Advertisement -

रड मिलाउने क्रममा बिजुलीको पोलमा रहेको नाङो तारमा रडले छुदा दुबैजनालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर कुल बहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नयाव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका गणेश बहादुरको लालबन्दीमा सामान्य उपचार पश्चात घर फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार