spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
मनोरन्जनपल शाहको बयान- सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र...

पल शाहको बयान- सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो

८ चैत, काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहले पीडित नाबालिका हुन् भन्ने आफूलाई थाहा भएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँले गरेको अनुसन्धानका क्रममा सरकारी वकिलसमक्ष बयान दिँदै उनले पीडित १८ वर्षभन्दा कम उमेरको भएको थाहा भएको उल्लेख गरेका हुन् ।

- Advertisement -
शाहले सार्वजनिक भएको अडियो रेकर्डमध्ये ‘ब्वाइफ्रेण्ड र गर्लफ्रेन्ड बीच हुनु नर्मल हो’ भन्ने आवाज पनि आफ्नै हो भनेका जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ । तर उनले जबरजस्ती करणी गरेको अभियोग चाहिँ स्वीकारेका छैनन् ।

घटना भएको भनिएको दिन आफू पीडित सुतेको कोठामा गएर ढोका धकेलेर भित्र पसेको उनले स्वीकारेका अभियोगपत्रमा उल्लेख छ । तर वियर खान दिएर फेसवास लिएर कोठामा गई कमल खत्रीसँग सुतेको भनेका छन् । पीडितले २०७८ सालको जेठ महिना अन्तिमतिर फोन गरेर आफूहरुको सम्बन्धबारे अरुले थाहा पाएको बताएको उनले भनेका छन् ।

‘मलाई गाह्रो भयो, महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने म्यासेजहरु मलाई प्रेसित गरेकी थिइन्’ उनले भनेका छन्, ‘… छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ ।’

शाहविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँले मंगलबार जबर्जस्ती करणीको मुद्दा दर्ता गराएको छ । र, १२ देखि १४ वर्ष सजाय माग दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार