काठमाण्डाै – म्यानचेस्टर सिटी, लिभरपुल र क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएकाे खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, राति नै भएको अर्को खेलमा एभर्टन क्रिस्टल प्यालेससँग ४–० गोल अन्तरले पराजित भयो भने लिभरपुलले नोटिङ्घम फरेस्टलाई १–० गोल अन्तरले पराजित गर्यो ।
अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्ने छ ।