spot_img
आइतबार, जेष्ठ ६, २०८१
आइतबार, जेष्ठ ६, २०८१
- Advertisement -spot_imgspot_img
समाचारलेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ -प्रधानमन्त्री देउवा

लेटाङ घटनाका दोषीलाई कारवाही हुन्छ -प्रधानमन्त्री देउवा

७ चैत, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए ।

- Advertisement -
उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए ।

सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन शिलान्यास गरिएको छ । भवन शिलान्यास अघि देउवाले नगरपालिकाले निर्माण गरेको अस्पताल उद्घाटन गरेका थिए ।

यौन दुर्व्यवहार आरोपी लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई पक्राउ गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच आइतबार दिनभर झडप भएको थियो ।

- Advertisement -

त्यसक्रममा नेपाल प्रहरीको प्रदेश प्रहरी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् । उनको घाँटीमा गम्भीर चोट लागेको थियो ।

पौडेलमाथि गत शुक्रबार छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप छ । आरोपी शिक्षकलाई पक्राउ गर्न प्रहरी पुगेपछि आक्रोशित भीडले आक्रमण गरेको थियो ।

आइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।

घटना सार्वजनिक भएपछि शिक्षक विद्यालयमै रहेको सूचना पाएका स्थानीयले स्कुल घेराउ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार