spot_img
सोमबार, बैशाख ३, २०८१
सोमबार, बैशाख ३, २०८१
- Advertisement -spot_imgspot_img
समाचारमधेश प्रदेशमा पहिलो दिन ५ हजार भन्दा बढीले भरे...

मधेश प्रदेशमा पहिलो दिन ५ हजार भन्दा बढीले भरे म्यादी प्रहरीमा फारम

जनकपुरधाम, चैत ७ गते ।

मधेश प्रदेशमा म्यादी प्रहरीका लागि पहिलो दिन नै ५ हजार भन्दा बढीले फारम भरेका छन् ।

- Advertisement -

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा मधेस प्रदेशमा २१ हजार ६९८ जनालाई माग गरिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशको ३ वटा जिल्लामा ३ हजारभन्दा बढी म्यादी प्रहरीको भर्ना गरिँदैछ।

- Advertisement -

धनुषामा सबैभन्दा बढी ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिनेछ। सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहट २ हजार ५८९, बारा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिने दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

म्यादी प्रहरी भर्नाका लागि आइतबार पलिो दिन आठ वटै जिल्लाबाट ५ हजार २१४ जनाले दरखास्त भरेका छन्। म्यादी प्रहरीको ४० दिनको जागिरका लागि चैत ११ गतेसम्म दरखास्त दिने समय निर्धारण गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार