नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको भन्दै पुर्वप्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले शनिबार आगामी निर्वाचनमा एमालेलाई भोट नदिएर खाली बाकस पार्नु पर्ने बताएका थिए । आइतबार खनालको निर्वाचन क्षेत्र फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिए ।
‘एमालेले लगाएको सांसदको फुली बोकेर ? अनि फुकाल्नुपर्दैन त्यो ? अनि विचार गर्नुस् त कति सारो लाज नभएको होला ?’, ओलीले भने, ‘कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनुपर्छ । अनि एमालेको वाकस खाली गर्छौ भन्ने ? नुन विर्सने, गुन विर्सने स्वार्थका तत्वहरूलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’