spot_img
बुधबार, चैत्र १२, २०८१
बुधबार, चैत्र १२, २०८१
- Advertisement -spot_imgspot_img
समाचारकाठमाडौंभन्दा तराईमा महँगी दर उच्च

काठमाडौंभन्दा तराईमा महँगी दर उच्च

काठमाडौँ — जो कोहीलाई पनि लाग्न सक्छ मुलुकका विभिन्न क्षेत्रमध्ये काठमाडौं उपत्यका महँगी दर धेरै भएको शहर हो । पछिल्लो तथ्याङ्कमा काठमाडौंभन्दा तराई क्षेत्रमा मूल्यवृद्धि उच्च देखिएको छ । राष्ट्र बैंकको गत माघ महिनाको प्रतिवेदन अनुसार तराईमा मूल्य वृद्धि ६.५० प्रतिशत छ । यो वृद्धि उक्त अवधिमा मुलुकभरका सबै क्षेत्रको भन्दा बढी हो । गत आर्थिक वर्षको माघमा तराईको मूल्य वृद्धिदर जम्मा २.७८ प्रतिशत थियो ।

यस्तै, गत माघमा काठमाडौं उपत्यकाको मूल्यवृद्धि ५.४७, पहाडको ५.३२ र हिमाली क्षेत्रको ५.९७ प्रतिशत छ । २०७७ माघमा काठमाडौं उपत्यकामा २.१२, पहाडमा ३.३० र हिमालमा २.०५ प्रतिशत मूल्य वृद्धिदर कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

- Advertisement -

केही महिनायता मुलुकभर नै मूल्यवृद्धि उकालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै ढुवानी लागतसँगै आन्तरिक बजारमा उपभोक्ता मूल्यवृद्धिदर निरन्तर उकालो लागिरहेको जानकार बताउँछन् । राष्ट्र बैंकका अनुसार गत माघमा मुलुकको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ५.९७ प्रतिशत छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर २.७० प्रतिशत मात्रै थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ५.९६ प्रतिशत छ ।२०७७ माघ महिनाको तुलनामा गत माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेलको मूल्य २०.६८, तरकारीको १४.०७ र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि ९.३६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

- Advertisement -

यस्तै, गत माघमा गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्यवृद्धि १५.८७, शिक्षाको ७.८६ र फर्निसिङ तथा घरायसी सामग्री उपसमूहको ५.९२ प्रतिशत छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा उपभोग्य वस्तुको थोक मूल्यवृद्धि १२.०९, मध्यवर्ती वस्तुको ९.९२ र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि ७ प्रतिशत रहेको छ । उक्त अवधिमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार