spot_img
सोमबार, अशोज ८, २०८०
सोमबार, अशोज ८, २०८०
- Advertisement -spot_imgspot_img
समाचारकरेन्ट लागेर र पोखरीमा डुबेर धनुषामा दुई यूवकको ...

करेन्ट लागेर र पोखरीमा डुबेर धनुषामा दुई यूवकको मृत्यु

- Advertisment -spot_img

धनुषामा करेन्ट लागेर र पोखरीमा डुबेर दुईजनाकोे मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब दुई बजे जनकपुरधाम उपमहानगरपालिका ११ लक्ष्मण अखडाका १२ वर्षीय कर्ण कुमार दासको अरगजा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदै गर्दा दासको बाटोमै मृत्यु भएको हो।

त्यस्तै मुखियापटी मुसहरनिया गाउँपालिका ६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

आफ्नै घरमा जडान गरेको मोटरको पानीले भैंसीलाई नुहाउने क्रममा मोटरबाट करेन्ट लागि घाइते भएकोमा यादवलाई उपचारको लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको धनुषाले प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img

ताजा समाचार