जनकपुरधाम, चैत ५ गते ।
जनकपरधामसहित आसपासको मिथिलाञ्चल क्षेत्रमा आज (शनिबार) हर्सोल्लासपूर्वक होली पर्व मनाइँदै छ ।१५ दिने मिथिला मध्यमा परिक्रमा समापन भएको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा फागु पूर्णिमान अर्थात होली मनाउने परम्परा रहिआएको छ ।
यधपी मिथिलाञ्चल क्षेत्रको धेरै स्थानमा शुक्रबार नै होली पर्व मनाइएको छ ।
जनकपुरधाममा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ लगाएर मनाउने चलन छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले, होली पर्व शान्ति संग मनाउन आग्रह गरेको छ । गलत गतिविधी नर्गन र कसैको हानी नोक्सानी नहुने गरी होली खेल्न समेत आग्रह गरेको छ ।
शनिबार तराई मधेशमा होली पर्व मनाइयो भने हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै मनाइएको थियो ।