spot_img
बिहिबार, बैशाख ११, २०८२
बिहिबार, बैशाख ११, २०८२
- Advertisement -spot_imgspot_img
समाचाररुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु , दुई जना...

रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको मृत्यु , दुई जना घाइते

रुपन्देही – रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल-४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  उहाँका श्रीमान र तीन वर्षीय छोरा भने घाइते छन् ।

- Advertisement -

घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ ।मोटरसाइकलका चालक फरार छन् ।

- Advertisement -

मोटरसाइकलको नम्बर समेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार